देउवाजी तपाईको बजेटमा कृषिमा जोड दिनुस्ः शशांक
मेरोन्यूज
२०७८ मंसिर २४ गते १७:३२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई कृषि क्षेत्रमा बजेट छुट्उन सुझाएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तब्यका क्रममा डा. कोइरालाले कृषिबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको बताए ।
वर्तमान सरकारले कृषि क्षेत्रमा २ प्रतिशत मात्रै बजेट छुट्याएको भन्दै कोइरालाले कृषिमा जोड दिन सरकारलाई आग्रह गरे ।
‘बीपी कोइरालाले २५ प्रतिशत कृषिमा बजेट छुट्याउनु भएको थियो । अहिले २ प्रतिशत मात्रै कृषिमा बजेट छुट्याइएको छ’, डा.कोइरालाले भने, ‘प्रधानमन्त्री देउवाजी तपाईँको बजेटमा कृषिमा जोड दिनुस् ।
कांग्रेस महामन्त्री कोइरालाले अब हलो जोतेर कृषि नहुने भन्दै प्रविधिमा जोड दिएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया