हडबडमा महाधिवेशन गर्नुपर्योः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले हडबडमा महाधिवेशन गर्नुपरेको बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनको काठमाडौंको भृकुटीमण्डपमा जारी उदघाटन सत्रमा बोल्दै उनले महाधिवेशनमा नीति र सिद्धान्तकोबारेमा छलफल हुन नसकेको बताए ।
‘आज महाधिवेशनमा हामीले नीति सिद्धान्तका बारेमा बारेमा छलफल गर्नुपर्ने थियो । त्यसमा छलफल हुन सकेन’, पौडेलले भने अहिले हडबडमा अधिवेशन सम्पन्न गर्नुपरेको छ । विधि पुर्याउन मात्रै अधिवेशन गर्नुपरेको छ ।’
कांग्रेस बरिष्ठ नेता पौडेलले आफ्नै पार्टी नेतृत्वको सरकार गतिहिन अवस्थामा रहेको बताए । ‘संसद चल्न सकेको छैन । सर्वोच्च अदालत अस्तब्यस्त छ । सरकार गतिहिन अवस्थामा छ ।’– पौडेलले भने ।
पौडेलले कम्युनिस्ट भन्दा कांग्रेस किन पछाडि पर्यो भनेर आत्मसमीक्षा गर्नुपर्नेमा पनि जोड दिए । पार्टीभित्र नै आन्तरिक लोकतन्त्र विकास गर्न जरुरी रहेको पनि पौडेलले बताए ।
उनले पार्टीलाई विकृतिको अखडा बनाउन खोजिएको पनि आरोप लगाए ।
पौडेलले भर्खरै महाधिवेशन गरेको प्रतिपक्षीहरुको अवस्था अहिले पनि राम्रो रहेको बताए । उनले एमालेसँग प्रतिष्पर्धा गर्नुपरेको पनि उल्लेख गरे ।
पौडेलले प्रतिगमनकाविरुद्धको आन्दोलनको शुरुवात आफूले गरेकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताए । आफूले प्रतिगमनविरुद्धको आन्दोलन दमौलीबाट शुरु गरेको पनि उल्लेख गरे ।
तर संघर्ष गरेर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाए पनि कति जनतालाई आश्वास्त पार्न सकेका छौं भन्ने कुरा ध्यान दिन जरुरी रहेको पौडेलको भनाई छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया