कस्तो बन्ला एमाले पदाधिकारीको मर्यादाक्रम ?

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनपछि पदाधिकारीमा वरियताक्रम निर्धारण गरिँदैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि वरियतामा स्वतः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुने भएपछि उपाध्यक्षहरुको वरियताक्रम निर्धारण हुने भएको हो । उपाध्यक्षमा कसको पहिला वरियताक्रम निर्धारण हुन्छ भन्नेमा कौतुहलता उत्पन्न भएको छ ।
त्यसैगरी उपमहासचिव र सचिवहरुको पनि वरियताक्रम निर्धारण हुने भएको छ । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुवास नेम्वाङ,विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’मध्ये कसको वरियताक्रम के हुने र उनीहरु कस्तो जिम्मेवारी पाउनेछन भन्ने बारेमा कौतुहलता उपत्पन्न भएको छ ।
हाल ओलीले वरियता निर्धारणका लागि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र सचिव प्रदीप ज्ञवालीसँग परामर्श गरिरहेका छन् ।
माओवादीबाट एमालेमा आउँदा ओलीले र बादललाई हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछिकै वरियतामा जिम्मेवारी दिएका थिए । पार्टीमा विग्रह चलिरहँदा ओलीले बादललाई बाग्मती प्रदेशको इन्चार्ज पनि सुम्पेका थिए । यो अवस्था अहिलेको महाधिवेशनसम्म कायम रहेको छ ।
पार्टीमा १० बुँदे सहमतिपछि पार्टी काममा फर्केकी अष्टलक्ष्मी शाक्यलाई बाग्मती प्रदेशको इन्चार्ज नदिए पनि बालदभन्दा अघिल्लो वरियताक्रममा राखेका थिए ।
‘ओलीले पार्टी एकिकरणकै बेलामा बादललाई राम्रै जिम्मेवारी दिएका थिए, पहिला ईश्वर पोखरेल एकातिर बादललाई अर्कातिर राखेर कार्यक्रम गर्ने गरेका ओलीले अहिले वरियताक्रम निर्धारण गर्दा कसरी गर्छन त्यो भने हेर्न बाँकी रहेको छ’, बादल निकट एक केन्द्रीय सदस्यले भने । उनका अनुसार मतको आधारमा हेर्ने हो भने त एमालेमा बादलको मत कम आउनु स्वाभाविक हो । तर अहिलेको अवस्थामा बादल लगायत पूर्व माओवादीलाई एमालेले स्वीकार गरेको अवस्था छ ।
‘एमालेमा पूर्व माओवादीहरुलाई सहज रुपमा लिएको देखिन्छ त्यसकारण वरियताक्रम निर्धारण गर्दा पनि पूर्व माओवादीहरुको मन जित्ने खालको हुनसक्छ’, वादल निकट केन्द्रीय सदस्यको धारणा छ ।
एमालेको दशौं महाधिवेशनमा शाक्य, पाण्डे, ज्ञवालीले सबैभन्दा बढी मत पाएका थिए । त्यसपछि नेम्वाङ, पौडेल र वादलको मत आएको थियो । मतको आधारमा हो भने वादल सबैभन्दा पछिल्लो मर्यादाक्रममा रहनेछन् ।
पहिलोमा शाक्य, दोस्रोमा पाण्डे, तेस्रोमा ज्ञवाली, चौंथोमा नेम्वाङ, पाँचौंमा पौडेल र छैटौमा वादल हुनेछन् ।
यसैगरी वरियता क्रममालाई न्याय हुनेगरी इन्चार्जसीपको जिम्मेवारीमा पनि भर पर्ने बताइएको छ । ‘कसले कुन विभागको जिम्मेवारी र इन्चार्जसीप पाउछन् त्यसबाट पनि भोलीका दिनमा उसको संगठनमा पहँुच निर्धारण हुनेछ’, एक केन्द्रीय सदस्यले भने ।
संगठन विभागको जिम्मेवारी लिनेले भोलिका दिनमा पार्टीभित्र होल्ड गर्ने भएकाले पनि संगठन विभागको जिम्मेवारीमा पौडेल र पाण्डे मध्ये एकले पाउने संभावना रहेको छ । केन्द्रीय कमिटीको पहिलो बैठकमाको कार्यसूचीमा वरियताक्रम निर्धारण पनि रहेको छ ।
त्यसैगरी कार्यविभाजन पनि अर्को कार्यसुची रहेको छ । ‘वादललाई अघिल्लो वरियतामा ल्याउने विषयमा सुवास नेम्वाङ बाधक हुनसक्ने संभावना रहेको छ’, एक नेताको दावी छ । उनका अनुसार यसअघि पनि ओलीसँगैको कुर्सी बादलका लागि राखिएको भएपनि बादल जानु अघि नै नेम्वाङले कब्जा गरिदिँदा धेरै पटक बादलका लागि अर्को कुर्सी राखेर सँगै राख्नु परेको थियो ।
‘अहिले बादल र नेम्वाङ अहिले एउटै पदमा हुनुहुन्छ, पौडेल भने खास बाधक बन्ने देखिदैन किनकी तत्कालिन नेकपा कालमा पनि पौडेल महासचिव भएपनि उहाँको वरियताक्रम बादलभन्दा तल थियो’, एक केन्द्रीय सदस्यले भने ।
त्यस्तै उपमहासचिवमा पृथ्वी सुब्वा गुरुङ र प्रदीप ज्ञवाली मध्ये को पहिलो वरियतामा हुने भन्ने प्रतिस्पर्धा रहेको छ । उनीहरु दुवै यसअघिका सचिव भएकाले उनीहरुको वरियता र जिम्मेवारी वाँडफाँडमा सकस परेको छ ।
विष्णु रिमाल भने गुरुङ र ज्ञवालीभन्दा तल रहनेछन् । सचिवमा योगेश भट्टराई र गोकर्ण विष्ट पहिलो र दोस्रो हुनेछन् । लेखराज भट्ट र टोपबहादुर रायमाझीमा टोपबहादुरलाई अघिल्लो वरियता दिने स्पष्ट छ ।
त्यस्तै रघुवीर महासेठ, पद्या अर्याल, छविलाल विश्वकर्मालाई आफ्नै क्लष्टरको जिम्मेवारी दिने संभावना रहेको छ । यद्यपि सचिवमा क्लष्टर तोकिएको छैन ।

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया