एमाले केन्द्रीय कमिटी बस्दै, १५ वटा कार्य सूचीमाथि छलफल हुने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको आज बस्दै छ । चितवनमा सम्पन्न दशौँ महाधिवेशनपछिको स्थायी कमिटी, पोलिटब्यूरो गठनलगायतका १५ ओटा कार्य सूचीमा छलफल गर्न एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
बैठक दिउँसो १ बजे भक्तपुरको जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बस्ने भएको हो । पार्टी कार्यालयमा ठाउँ अभाव हुने भएकाले एमालेले भक्तपुरको जर्मन हाउसमा बैठक बोलाएको हो ।
बैठकमा १५ वटा कार्य सूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियानलगायत बैठकका एजेण्डा रहेको तामाङले जानकारी दिए ।
कार्यालय सचिव तामाङका अनुसार केन्द्रीय कमिटी बैठकअगाडि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने तय भएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया