एनपी साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना सुरु भएको छ । देशभरका करिब तीन सय महाधिवेशन प्रतिनिधिहरू, विभिन्न जिल्लाका सभापति तथा पदाधिकारीहरुले शनिबार बिहानदेखि सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार साउदलाई बनाउन माग गर्दै धर्ना दिएका हुन् ।
नेपाल विद्यार्थी संघको सभापति र दुई–दुई पटक केन्द्रीय सदस्य भइसकेका व्यक्तिलाई महामन्त्री बनाउन रोक्न नमिल्ने उनीहरुको माग रहेको छ । धर्नामा सहभागी नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव हेमराज ओझाले भने, ‘०५९ सालदेखि पार्टीको केन्द्रीय सदस्य रहेका साउद सुदूरपश्चिममा सभापति देउवापछिको निर्विकल्प र सर्वस्वीकार्य नेता भएकाले महामन्त्रीको उम्मेदवार बनाउनु पर्छ ।’
सुदूरपश्चिममा पदाधिकारी नहुँदा भविष्यमा कांग्रेसको संगठनमा धक्का लाग्ने पनि महाअधिवेसन प्रतिनिधिसमेत रहेका सचिव ओझाले बताए । उनले थपे, ‘सानै उमेरदेखि विद्यार्थी राजनीतिमा लागेका साउद महामन्त्रीका निर्विकल्प उम्मेदवार हुन् ।’
वर्तमान सभापति देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको कांग्रेस (प्रजातान्त्रिक)मा उनी केन्द्रीय सदस्य भएका थिए । कांग्रेस प्रजातन्त्रिकको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका साउद ०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा केन्द्रीय सदस्यकै रुपमा रहेका थिए । एकीकरणपछिको १२ औँ र १३ औँ महाधिवेशनमा साउद केन्द्रीय सदस्य विजयी भएका थिए । उनी अहिले महामन्त्रीमा दाबी गरिरहेका छन् ।
कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखसमेत रहेका उनी ०४१ सालमा बलबहादुर केसीको नेतृत्वमा केन्द्रीय सदस्य बनेका थिए भने ०४८ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए ।
सभापति देउवाको प्यानलमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेताहरू पनि महामन्त्रीका दाबेदार हुन् ।










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया