एनपी साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना सुरु भएको छ । देशभरका करिब तीन सय महाधिवेशन प्रतिनिधिहरू, विभिन्न जिल्लाका सभापति तथा पदाधिकारीहरुले शनिबार बिहानदेखि सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार साउदलाई बनाउन माग गर्दै धर्ना दिएका हुन् ।
नेपाल विद्यार्थी संघको सभापति र दुई–दुई पटक केन्द्रीय सदस्य भइसकेका व्यक्तिलाई महामन्त्री बनाउन रोक्न नमिल्ने उनीहरुको माग रहेको छ । धर्नामा सहभागी नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव हेमराज ओझाले भने, ‘०५९ सालदेखि पार्टीको केन्द्रीय सदस्य रहेका साउद सुदूरपश्चिममा सभापति देउवापछिको निर्विकल्प र सर्वस्वीकार्य नेता भएकाले महामन्त्रीको उम्मेदवार बनाउनु पर्छ ।’
सुदूरपश्चिममा पदाधिकारी नहुँदा भविष्यमा कांग्रेसको संगठनमा धक्का लाग्ने पनि महाअधिवेसन प्रतिनिधिसमेत रहेका सचिव ओझाले बताए । उनले थपे, ‘सानै उमेरदेखि विद्यार्थी राजनीतिमा लागेका साउद महामन्त्रीका निर्विकल्प उम्मेदवार हुन् ।’
वर्तमान सभापति देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको कांग्रेस (प्रजातान्त्रिक)मा उनी केन्द्रीय सदस्य भएका थिए । कांग्रेस प्रजातन्त्रिकको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका साउद ०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा केन्द्रीय सदस्यकै रुपमा रहेका थिए । एकीकरणपछिको १२ औँ र १३ औँ महाधिवेशनमा साउद केन्द्रीय सदस्य विजयी भएका थिए । उनी अहिले महामन्त्रीमा दाबी गरिरहेका छन् ।
कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखसमेत रहेका उनी ०४१ सालमा बलबहादुर केसीको नेतृत्वमा केन्द्रीय सदस्य बनेका थिए भने ०४८ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए ।
सभापति देउवाको प्यानलमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेताहरू पनि महामन्त्रीका दाबेदार हुन् ।
















होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया