कांग्रेस संस्थापन पक्षले टुंग्यायो प्रदेश तथा समावेशी उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेश स्तरीय र समावेशीतर्फका केन्द्रीय सदस्यहरूको उम्मेदवारी टुंग्याएको छ । संस्थापनले सात प्रदेश तथा समावेशीतर्फका उम्मेदवारहरूको टुंगो लगाएको हो ।
प्रदेश १ मा अमृत अर्याल मोरङ, आनन्द सन्तोषी राई धनकुटा र मपिहलामा महिन्द्र लिम्बु झापालाई उम्मेदवार बनाइने भएको छ । त्यस्तै, प्रदेश २ बाट रमेश रिजाल पर्सा, आनन्द ढुंगाना धनुषा र महिलामा चित्रलेखा यादव सिरहा उम्मेदवार बनाउने निणर्य भएको छ ।
बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित काठमाडौँ, ध्रुव अधिकारी नुवाकोट र महिलामा उर्मिला केसी ललितपुर उम्मेदवार बन्ने भएका छन् । गण्डकीबाट ध्रुव वाग्ले तनहुँ, सोभियतबहादुर अधिकारी कास्की, र महिलामा सरस्वती तिवारी स्याङ्जा, लुम्बिनीबाट देवेन्द्रराज कण्डेल नवलपरासी पश्चिम, चन्द्र केसी गुल्मी र महिलामा शिला शर्मा खड्का दाङलाई उम्मेदवार बनाउने निणर्य भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
कर्णालीमा कणर्बहादुर बुढा डोल्पा, राजीवविक्रम शाह जाजरकोट र महिलामा जानकी सिंह सुर्खेत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा डा. रणबहादुर रावल कैलाली, यज्ञराज जोशी कञ्चनपुर तथा महिलामा सुशीला भट्ट कैलालाई उम्मेदवार बनाइने भएको छ । प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ ।
मुस्लिम कोटाको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक रुपन्देही, अब्दुल सतार गोरखा र सुविदा खातुन बर्दियालाई उम्मेदवार बनाउने निणर्य भएको छ । पिछडिएको क्षेत्रबाट अर्जुन जंगबहादुर सिंह बझाङलाई उम्मेद्वार बनाउने निणर्य संस्थापनले गरेको छ । त्यस्तै अल्पसंख्यक कोटामा प्रदीप सुनुवार ओखलढुंगालाई उम्मेदवार बनाउने निणर्य संस्थापनले गरेको छ ।
अपाङ्गता कोटाबाट मदनकृष्ण श्रेष्ठ भक्तपुरलाई उम्मेदवार बनाउने निणर्य भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।
















होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया