पार्टी नेतृत्व गर्न खारिएर मात्रै हुँदैन, धेरै विशेषता चाहिन्छ : नेता सिंह
मेरोन्यूज
२०७८ मंसिर २५ गते १४:४०

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले खारिएर मात्रै नेतृत्व हाँक्न नसक्ने बताएका छन् । उनले पार्टी हाँक्न नेतामा विभिन्न विशेषता चाहिने बताए ।
आफ्नो उम्मेदवारी घोषणासभा कार्यक्रममा बोल्दै सिंहले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरे । उनले देउवालाई नेता कार्यकर्तामाथि अन्याय गर्ने नेतृत्वको संज्ञा दिए । उनले २७ गते हुने चुनावमा उनलाई भोट हालेमा हामी अन्याय नै सहन तयार छौँ भन्ने सन्देश जाने बताए ।
‘पार्टीमा नेतृत्व गर्न खारिएर मात्रै हुँदैन, अनुभव मात्रै भएर पनि हुँदैन,’ उनले भने, ‘सभापति बन्न धेरै विशेषता हुनुपर्छ, त्यागको भावना हुनुपर्छ, अवसर पाउँदा काम पनि गरेर देखाउनु पर्छ ।’
उनले पार्टीको नेतृत्व लिने क्षमता आफूमा रहेको दाबी गरे ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया