प्यानलसहित सभापति पदमा देउवाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवार मनोनयनको अन्तिम समयमा देउवाले सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् ।
देउवाको मनोनयनअघि उनी पक्षकै नेता विमलेन्द्र निधिले सभापति पदमै मनोनयन दर्ता गराएका छन् ।
देउवाले बालकृष्ण खाँडको प्रस्ताव र कृष्णप्रसाद सिटौलाको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको प्यानलबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका छन् ।
सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर, आदिवासी जनजातीतर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्ला उम्मेदवार भएका छन् ।
यसैगरी, खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन, गोविन्दबहादुर शाह अछाम तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाइएको छ ।

















काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी
सुनचाँदीकै मूल्य व्यापक बढ्याे
‘With women’s empowerment nation will move forward towards prosperity’
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
इरान–इजरायल युद्ध फैलिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया