‘नेपालमा गाँजा’ पुस्तक सार्वजनिक

काठमाडौं । खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ ।
नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरआपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रकाशन गरिएको सो पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गरे ।
विश्व हिन्दू युवासङ्घले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेपाल र विश्वमा गाँजाको अवस्था, गाँजाको औषधीय उपयोग र गाँजासम्बन्धी ऐन/कानुन, नीति नियम, विधेयकका बारेमा चर्चा गरिएको छ ।
विश्व हिन्दू युवासङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले गाँजा व्यवसायले नेपालमा रोजगारी सिर्जना गर्ने बताउँदै सरकारले गाँजा आयोग गठन गरेर गाँजाको उपयोगिताबारे देशभित्र बहस नै सञ्चालन गर्नुपर्ने माग गरे ।
विगत १५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत लेखक घिमिरे गाँजा, हर्बल र हिलिङ फुडको विकासका लागि नवप्रवर्तन विषयमा लेख्दै आएका छन् । सरकारका पूर्वसचिव उपाध्यायले खासगरी गाँजाको आयुर्वेदिक महत्व र उपयोगिताबारे सकारात्मक सचेतना जगाउनुपर्नेमा जोड दिए । (रासस)










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया