बैतडीमा एक लाख ४६ हजार मतदाताको नाम दर्ता

काठमाडौँ । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन् ।
विं.सं. २०७७ पुस ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या एक लाख ४४ हजार ९०२ रहेका छन् । तीमध्ये ७२ हजार ३४१ पुरुष, ७२ हजार ५५९ महिला र दुई जना तेस्रो लिङ्गी रहेका छन् । त्यसपछि हाल पालिका स्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रममा एक हजार १८० जनाले नाम दर्ता गराइसकेका छन् ।
निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो । विं.सं. २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिको संख्या भने एक लाख ४१ हजार ८९५ रहेको जनाइएको छ । १६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनु पर्ने प्रावधान छ ।
गएको पुस ५ गते संघीय संसद् विघटनपश्चात मतदाता नामावली संकलनको काम रोकिएकोमा त्यसपछि गत वैशाखदेखि पुनः सुरु भएर जेठ ८ सम्म सञ्चालन भएको थियो । त्यसपछि साउन १ गतेदेखि पुनः नामावली संकलनको कार्य सञ्चालन भइरहेको छ ।
हाल पालिका स्तरमा सञ्चालनमा रहेको नामावली संकलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने प्रमुख फुयाँलले बताए ।
आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रहसमेत गरिएको छ ।










अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया