बैतडीमा एक लाख ४६ हजार मतदाताको नाम दर्ता

काठमाडौँ । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन् ।
विं.सं. २०७७ पुस ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या एक लाख ४४ हजार ९०२ रहेका छन् । तीमध्ये ७२ हजार ३४१ पुरुष, ७२ हजार ५५९ महिला र दुई जना तेस्रो लिङ्गी रहेका छन् । त्यसपछि हाल पालिका स्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रममा एक हजार १८० जनाले नाम दर्ता गराइसकेका छन् ।
निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो । विं.सं. २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिको संख्या भने एक लाख ४१ हजार ८९५ रहेको जनाइएको छ । १६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनु पर्ने प्रावधान छ ।
गएको पुस ५ गते संघीय संसद् विघटनपश्चात मतदाता नामावली संकलनको काम रोकिएकोमा त्यसपछि गत वैशाखदेखि पुनः सुरु भएर जेठ ८ सम्म सञ्चालन भएको थियो । त्यसपछि साउन १ गतेदेखि पुनः नामावली संकलनको कार्य सञ्चालन भइरहेको छ ।
हाल पालिका स्तरमा सञ्चालनमा रहेको नामावली संकलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने प्रमुख फुयाँलले बताए ।
आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रहसमेत गरिएको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया