मनहरीबाट ३५ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेका छन् ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५ च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५ ग्राम २ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित चितवन रत्ननगर नगरपालिका–२ टाँडी बस्ने ५२ वर्षीय नारायण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ४८०२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार खड्कालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ सहिद स्मारक गेट नजिकबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित चितवन राप्ती नगरपालिका–७ बस्ने ३५ वर्षीय अर्जुन अधिकारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया