खाद्य व्यवस्थालाई लक्ष्यअनुसार धान खरिद गर्न सकस

कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीलाई यसवर्ष लक्ष्यअनुसार धान खरिद गर्न मुस्किल पर्ने देखिएको छ । चालु आर्थिक वर्षका लागि कम्पनीलाई ३५ हजार क्वीन्टल धान खरिदको लक्ष्य तोकिएको छ ।
कम्पनीले यहि मंसिर २२ गतेदेखि कैलालीको मोहनपुर गोदाम र टिकापुरको सत्ती गोदामबाट धान खरिद गर्न सुरु गरेको भएपनि धान पाउन सकेको छैन ।
यहि असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म आएको अबिरल वर्षाका कारण धानबालीमा ठूलो नोक्सान पुगेपछि धान खरिद गर्न समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले बताइन् ।
भिजेको नभई सफा धान मात्रै खरिद गर्न भनेर सूचना आएको हुँदा सोही अनुसार नै धान खरिद भइरहेको कम्पनीकी प्रदेश प्रमुख बस्नेतले बताइन् ।
‘धान खरिदको पहिलो दिन सत्ती गोदामबाट ८÷१० क्वीन्टल धान खरिद गरेका थियौं,’ उनले भनिन्,’ ‘अधिकांश किसानले धान ल्याउने पनि सफाबाहेक अन्य धान खरिद गर्न नसकिएपछि केहीसमय विवाद पनि भयो ।’ उनले स्थानीयले कम्पनीले सबैको धान खरिद गर्नुपर्ने भन्दै विवाद सृजना गरेको बताइन् ।
आफूहरुको मापदण्ड भन्दा बाहिरको धान खदिका लागि निर्देशन नभएका कारण भनेअनुसार धान पाउन नसकिएको उनको भनाई छ । ‘किसानहरुसँग नभिजेको धान छैन भने लक्ष्यअनुसार धान खरिद गर्न कठिन छ,’ उनले भनिन् ।
कम्पनीले गत वर्ष जिल्लाका विभिन्न आठ ठाउँमा खरिद केन्द्र राखेर धान खरिद गरेको थियो । यस वर्ष पनि त्यति नै ठाउँमा खरिद केन्द्र खोल्ने लक्ष्य भएपनि सुरुवातका दुबै ठाउँमा राम्रो धान आउन नसकेपछि थप केन्द्र विस्तार नगरिएको कम्पनीका प्रदेश प्रमुख बस्नेतले बताइन् ।
‘सुरुमा धान कस्तो आउँछ भनेर हेर्नको लागि टिकापुको सत्ती क्षेत्र र मोहनपुरको आफनै गोदाममा धान खरिद केन्द्र राखेका थियौं’ उनले भनिन्, ‘त्यहाँ नै राम्रो धान आउन नसेकेपछि अरु ठाँउमा सुचारु गरेका छैनौं ।’ किसानहरुले सफा धान नल्याएका कारण अहिले धान खरिद नभएको उनले बताइन् ।
गतवर्ष ६५ हजार क्वीन्टल धान खरिदको लक्ष्य पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५३ हजार ८६३ क्वीन्टल धान खरिद गरेको थियो । कम्पनीले यस वर्ष मोटो धान प्रतिक्वीन्टल दुई हजार ७५२ रुपैयाँका दरले खरिद गरिरहेको छ ।
















निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया