भारतको चीफ अफ डिफेन्समा नरवणे नियुक्त
मेरोन्यूज
२०७८ मंसिर २७ गते १७:४८

काठमाडौँ । भारतको वायु सेना प्रमुखमा मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ ९सीडीएस० जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको पदमा भारतको स्थल सेनाका प्रमुख नरवणे नियुक्त भएका हुन् ।
रावतको निधनपछि दोस्रो वरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी समालेका छन् । नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहान्तीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतीय सेनाका २७ औं चीफ अफ आर्मी स्टाफ रहनुभएका नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया