एमाले महासचिव र चिनियाँ उपमन्त्री चाओबीच वार्ता

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्र्तगतको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भीडियो वार्ता गरेका छन् । उपमन्त्री चेनचाओले पोखरेलको पदभार ग्रहणमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने विचार व्यक्त गरे ।
महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । उपमन्त्री चाओले यही मङ्सिर २८ गते नेपालमा संसद् बस्न लागेको र बैठकमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्नका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको जानकारी गराए । रासस















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया