कांग्रेस महाधिवेशन : ३६०० मत खस्यो, मतदानको समय एक घण्टा थप

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएको मतदानमा तीन हजार ६०० मत खसेको छ । कांग्रेसको सोमबार १२ बजेदेखि सुरु भएको मतदानमा तीन हजार ६०० मत खसेको निर्वाचन समितिका सदस्य तेज रावले जानकारी दिए ।
एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।
यस्तै कांग्रेसको मतदानको समय थप एक घण्टा थपिएको छ । निर्वाचन समितिका सदस्य रावलका अनुसार ९ बजे सकिने भनेर सूचना जारी भएपनि थप १ घण्टा गरी १० बजेसम्म मतदान हुनेछ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया