चितवनमा एमसीसी विरुद्ध मशाल जुलुस, मंगलबार चितवन बन्द

काठमाडौँ । चितवनमा एमसीसी विरुद्ध मशाल जुलुस निकालिएको छ । एमसीसी खारेजिको माग गर्दै सोमबार साँझ चितवनमा मशाल जुलुस निकालिएको हो । आज साँझ लायन्स चोकबाट शुरु भएको मसाल जुलुसलाई शुरुआतमै नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकाशले सम्बोधन गर्दै राष्ट्रघाती एमसिसि सम्झौता पास भए देशमा राष्ट्रिय मुक्ति आन्दोलन हुने बताउदै आफुहरु राष्ट्रिय स्वाधीनताका लागि तालिवान बन्न तयार रहेको चेतावनी दिए ।
लायन्स चोकबाट नाराबाजीसहित शुरु भएको जुलुस बजार परिक्रमा गर्दै पुनः लायन्स चोक आएर कोणसभामा परिणत भएको उक्त सभालाई नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशोक शर्माले सम्बोधन गर्दै जनताको छोराछोरीमाथि प्रहरीले दमन गरे जनयुद्धको जनताको हतियारको तागत सम्झाउदै प्रहरीलाई संयमित हुन अनुरोध गरे । उनले भोलिको चितवन बन्द सफल पार्न सबै उद्योगी, व्यवसायी , शैक्षिक संस्था , यातायात , आम चितवनका आम राष्ट्रवादी नागरिक समाज सबै सबैमा आग्रह गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरे।
नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (विप्लव), नेकपा (ऋषि कट्टेल), त्रिमुल नेपाल पार्टी , नेकपा मसाल लगायत १३ वटा राजनैतिक पार्टीको आयोजनामा एमसिसि खारेजीको लागि भोलि मंसिर २८ गते चितवन बन्दको घोषणा गरिएको छ ।











तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया