श्रम प्रशासन सुधारमा आइएलओको सहयोग
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक सामग्री सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा आइएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरे । आइएलओले पाँच वटा मोटरसाइकल, २४ वटा ल्यापटप, प्रिन्टरलगायत सामग्री मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
सहयोग हस्तान्तरण गर्दै निर्देशक होवार्डले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने श्रमिकको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दै आएको बताए ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिए । आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था अन्तराष्ट्रिय श्रम सङ्गठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले विश्वभर काम गर्दै आएको छ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया