संसद अधिवेशन
संघीय संसदको दशौं अधिवेशन आजबाट शुरु हुँदै
एमसीसीविरुद्ध संसद भवन घेर्ने वैद्य–विप्लवको तयारी

काठमाडौं । संघीय संसदको दशौं अधिवेशन मंगलबारदेखि शुरु हुने भएको छ ।
संघीय संसदको अधिवेशन मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ । संसद बैठक शुरु हुनुअघि संसद सचिवालयले सोमवार सांसदहरुको कोरोना परीक्षण गराएको थियो ।
यता, संसद बैठक बोलाइएपछि अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी दलहरुले आन्दोलन जारी राखेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेकपा सहितका विभिन्न राजनीतिक दलहरुले मंगलबार काठमाडौंको बानेश्वरस्थित संघीय संसदको कार्यालय घेराउ गर्ने जनाएका छन् ।
संघीय संसदको दशौं अधिवेशन डाकेर एमसीसी परियोजना टेबल गर्ने योजना रहेको भन्दै ती दलहरु चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले सोमवार एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका थिए ।
सोमबार एमसीए, नेपालको कार्यालय घेराउ कार्यक्रममा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, विप्लव नेकपाका धर्मेन्द्र बास्तोला लगायतका नेताहरु सहभागी थिए । नेपालका लागि एमसीसी परियोजना अमेरिकी सैन्य रणनीति अन्तरगतकै परियाजना भएको उनीहरुको दाबी छ ।










मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया