संसद अधिवेशन
संघीय संसदको दशौं अधिवेशन आजबाट शुरु हुँदै
एमसीसीविरुद्ध संसद भवन घेर्ने वैद्य–विप्लवको तयारी

काठमाडौं । संघीय संसदको दशौं अधिवेशन मंगलबारदेखि शुरु हुने भएको छ ।
संघीय संसदको अधिवेशन मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ । संसद बैठक शुरु हुनुअघि संसद सचिवालयले सोमवार सांसदहरुको कोरोना परीक्षण गराएको थियो ।
यता, संसद बैठक बोलाइएपछि अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी दलहरुले आन्दोलन जारी राखेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेकपा सहितका विभिन्न राजनीतिक दलहरुले मंगलबार काठमाडौंको बानेश्वरस्थित संघीय संसदको कार्यालय घेराउ गर्ने जनाएका छन् ।
संघीय संसदको दशौं अधिवेशन डाकेर एमसीसी परियोजना टेबल गर्ने योजना रहेको भन्दै ती दलहरु चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले सोमवार एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका थिए ।
सोमबार एमसीए, नेपालको कार्यालय घेराउ कार्यक्रममा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, विप्लव नेकपाका धर्मेन्द्र बास्तोला लगायतका नेताहरु सहभागी थिए । नेपालका लागि एमसीसी परियोजना अमेरिकी सैन्य रणनीति अन्तरगतकै परियाजना भएको उनीहरुको दाबी छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया