आइतबार, पुष ६, २०८२

एमसीसीविरुद्ध चितवन बन्द, वैद्यका इन्चार्ज समातिए

प्रेम कँडेल २०७८ मंसिर २८ गते ८:०८

चितवन । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति आज चितवन बन्द गराएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका विभिन्न दलहरु सहभागी संघर्ष समितिले गराएको बन्दले चितवन जिल्ला पूर्ण रुपमा प्रभावित भएको छ ।

बन्दले लामो तथा छोटा दूरीका गाडीहरु रोकिएका छन् । नारायणघाट बजार सुनसा बनेको छ ।

यसैबीच, समितिले आयोजना गरेको चितवन बन्दका क्रममा प्रहरीले क्रान्तिकारी माओवादीका चितवन इन्चार्ज घनश्याम सापकोटा विकासलाई पक्राउ गरेको छ ।

सापकोटालाई प्रहरीले नारायणघाट बजारबाट पक्राउ गरेको क्रान्तिकारी माओवादी चितवन सेक्रेटरी अशोक शर्माले मेरोन्यूजलाई जानकारी दिए ।

बन्दको पूर्व सन्ध्यामा संघर्ष समितिले सोमवार बेलुका नारायणघाट बजारमा मशाल जुलुस निकालेको थियो ।

प्रतिक्रिया