प्रकाशमान फकाउन पुगे बालकृष्ण खाँण चाक्सीबारीमा

काठमाडौं । नेपाली काग्रेसको सभापतिको निर्वाचन दोस्रो चरणमा हुने भएको छ । सभापति पदमा निवर्तमान सभापति शेरबहादुर देउवालाई बहुमतका लागि ८१ मत पुगेन ।
राष्ट्रिय सभागृहमा मतगणना भइरहेको थियो । चार सय मत गन्न बाँकी थियो । जतिबेला देउवालाई सभापति जित्नका लागि २९४ मत आवश्यक देखियो । देउवालाई बहुमत नपुग्ने निश्चित भयो ।
अबको दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह वा विमलेन्द्र निधिले समर्थन गरेमा विजयी हुने पहिलो नतिजाले देखाएको छ ।
दोस्रो चरणको निर्वाचनका लागि कांग्रेसमा प्रकाशमान सिंह निर्णायक देखिए ।
विमलेन्द्र निधिले यस अगाडि नै निर्वाचन सकभर दोस्रो चरणमा लैजाने र त्यसवेला देउवाविरुद्ध सवैले मोर्चावन्दी बनाएर लाग्ने वताएका थिए । तर संस्थापन इतर समुहमा रहेका समुहमा विभाजन भई शेखर कोइराला र प्रकाशमान चुनाव भिडेपछि प्रकाशमान भने दोस्रो चरणको चुनावका विषयमा मौन बस्दै आएका थिए ।
सिंह प्रतिष्पर्धाबाट त बाहिरिए । तर अब दोस्रो चरणको चुनावमा उनी कसलाई जिताउने भन्नेमा निर्णायक देखिएका छन् । त्यही कारण देउवाले यता राष्टिय सभागृहमा मतगणना भइरहदा प्रकाशमान फकाउन चाक्सीवारीमा आफना दुतका रुपमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणलाई पठाएका छन् ।
सिंहले देउवा या शेखर कसलाई सहयोग गर्छन् ? यसले कांग्रेसको अब भावी सभापतिको निधो हुने भएको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया