कांग्रेस सभापति चुनाव दोस्रो चरणमा प्रवेश, देउवालाई पुगेन ८२ मत
अव शेरवहादुर देउवा र शेखर कोइरालाका वीचमा चुनाव हुने

काठमाडौं । कांग्रेसको सभापति चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणमै जित निकाल्न शेरवहादुर देउवालाई ८२ मत नपुगेको हो । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २०मत प्राप्त गरेका छन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
अव दोस्रो चरणमा देउवा र शेखर कोइरालाका वीचमा चुनाव हुने छ । चुनाव आजै गर्ने तयारी निर्वाचन समितिको छ ।










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया