एमसीसीविरोधी दलहरु एक ठाउँमा, संसद भवन चारैतिरबाट घेराउ गर्ने तयारी

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् ।
मंगलबार शुरु हुन लागेको संघीय संसदको दशौं अधिवेशनमा एमसीसीको प्रस्ताव लैजान लागेको भन्दै दलहरु आन्दोलित भएका हुन् ।
माओवादी नेता नारायण शर्माको संयोजकत्वमा गठिन एमसीसी खारेज अभियानले मंगलबार काठमाडौंका नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्न लागेको हो ।
संघीय संसदको तीन वटा आर्कबाट प्रदर्शन गर्ने तयारी गरिएको अभियानका संयोजक नारायण शर्माले जानकारी दिए ।
पूर्वी आर्क शान्तिनगर गेट अगाडि, पश्चिमी आर्क एभरेस्ट होटेल अगाडि र उत्तरी आर्क व्हाइट हाउस कलेज अगाडिबाट घेराउ गर्ने शर्माले बताए । उनीहरुले अपरान्ह १२ः ३० देखि प्रदर्शन गर्ने जनाएका छन् ।
एमसीसीको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपासहित २६ भन्दा बढी दल तथा संगठनहरु अभियानमा सहभागी छन् ।
देशब्यापी आन्दोलन थालेको एमसीसी खारेजी अभियान अन्तर्गत संयुक्त संघर्ष समिति चितवनले मंगलबार चितवन जिल्ला बन्द गराएको छ ।
चितवन बन्दको क्रममा प्रहरीले मंगलबार विहानै क्रान्तिकारी माओवादीका चितवन इन्चार्ज घनश्याम सापकोटा ‘विकास’लाई पक्राउ गरेको छ ।
अभियानका केन्द्रीय संयोजक शर्माले आज नै विज्ञप्ति जारी गरी सापकोटालाई पक्राउ गरिएकोमा निन्दा गर्दै ससम्मान शीघ्र रिहाईको माग गरेका छन् । संघर्ष समितिले सोमवार काठमाडौंस्थित एमसीए कार्यालय अगाडि प्रदर्शन गरेको थियो ।
संसदको अधिवेशन आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया