देउवा-प्रकाशमान समीकरण
प्रकाशमान सिंहले सभापतिमा देउवालाई सघाउने समझदारी

काठमाडौं । नेपाली काग्रेसको सभापतिमा शेरवहादुर देउवालाई प्रकाशमान सिंहले सघाउने भएका छन् । देउवा र प्रकाशमान सिंह्का वीचमा नयाँ समिकरण बनेको छ । सिंह्को निवास चाक्सीवारीमै भेटन पुगेका देउवालाई सहयोग गर्ने निश्कर्षमा प्रकाशमान सिंह समुह पुगेको हो ।
यो समिकरण बनेको पुष्टि प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले सामाजिक सन्जालमार्फत पुष्टि गरेका छन् ।
देउवाले पहिलो चरणको चुनावमा ८२ मत थप पाएका भए उनी विजयी भईसक्थे । तर अव प्रकाशमान सिंहले पनि देउवाको पक्षमा उभिने निर्णय लिएपछि देउवा थप वलियो बनेका छन् ।
प्रकाशमान सिंहले ३७१ मत पाएका थिए । अव यो महाधिवेशन प्रतिनिधीहरुले केही मत तलमाथी भएपनि देउवाले पाउने देखिएको छ ।
चुनाव दोस्रो चरणमा जाने देखिने वित्तिकै प्रधानमन्त्री देउवाले आफु निकट नेता गृहमन्त्री वालकृष्ण खाँण र वीरवहादुर वलायरलाई सिंहको निवास पठाएका थिए । त्यसपछि देउवा पौडेलले आयोजना गरेको चियापानमा पुगे लगत्तै सिंह निवास चाक्सीवारीमा पुगेका थिए । चाक्सीवारीमा आफ्नै प्यानलका सुजाता कोइराला लगायतका नेताहरुलाई साथै लिएर सिंहले देउवालाई सहयोग गर्ने गरी वचन दिएका थिए ।
यसले शेखर कोइरालालाई भने कमजोर बनाईदिएको छ । सिंहले देउवालाई सहयोग गर्दा विमलेन्द्र निधिले शेखर लाई साथ दिदा पनि शेखर कमजोर देखिने भएका छन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया