विप्लवका जिल्ला इन्चार्जसहित १७ जना पक्राऊ

चितवन । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै आज गरिएको चितवन बन्द क्रममा विप्लव नेकपाका चितवन सक्रेटरीसहित १७ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा विप्लव जिल्ला इन्चार्ज सन्देश पौडेल, क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशौक शर्मा सहित प्रहरीले चितवनको नारायणघाटबाट १७ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका चितवन सेक्रेटरी अशोक शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरी, नेकपा (क्रान्तिकारी माओवादी) का प्रकाश ढकाल, बद्री अधिकारी, विद्यार्थी अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला अध्यक्ष कृष्ण सुनार, नेकपा मालेका ओम डल्लाकोटी, पूर्व विद्यार्थी नेता सुरेश गौतम लगायत छन् ।
प्रहरीले मंगलबार विहानै मोहन वैद्य निकट क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज घनश्याम सापकोटा ‘विकास’लाई पक्राउ गरेको थियो ।
एमसीसी खारेज अभियान संघर्ष समिति चितवनको आयोजनामा आज चितवन बन्द आह्वान गरिएको छ ।











ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया