एमसीसी संसदको कार्यसूचीमा परेन

काठमाडौं । संघीय संसदको मंगलबारको बैठकमा संसद सचिवालयको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी) परेको छैन ।
मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेस गरिने संसद सचिवालयको कार्यसूचीमा रहेको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश संसदको कार्यसूचीमा परेको छ ।
बैठककाे सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया