नेप्सेमा सकारात्मक सर्किटः बाँकी समयको कारोबार बन्द

काठमाडौँ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि आज बाँकी समयको कारोबार बन्द गरिएको छ । यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात १२ः३८ मा नेप्सेको सूचक ११४दशमलव २५ अंक अर्थात पाँच दशमलव ०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।
कारोबार बन्द भएको ४० मिनेपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्ने वित्तिकै निरन्तर बढेर छ दशमल०१ प्रतिशतले नेप्से बढेकाले आजको कारोबार बन्द भएको नेप्सेले जनाएको छ । नेप्सेले कारोबार अवधिभर छ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ । कारोबार खुलेको पहिलो घण्टाभित्रै चार प्रतिशत र दोस्रो घण्टाभित्र पाँच प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ । त्यसपछि पनि छ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।










एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
जेनजी घटनापछि सबैकाे आलोचना हामीले खेपिरहेका छाैं : प्रधानमन्त्री
सबै दल एकजुट भएर अघि बढे निर्वाचन राेकिँदैन : प्रधानमन्त्री कार्की
अपहरणमा परे १८ कोलम्बियाली सैनिक
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया