कांग्रेस सभापतिको मतगणना राति १० बजेदेखि, अन्यको बिहीबार हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दोस्रो चरणमा भएको मतदानको मतगणना राति १० बजे देखि हुने भएको छ । अपरान्ह ३ः३० देखि सुरु भएको मतदान ८ बजेसम्म जारी रहने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको हाे। राति १० बजेदेखि मतगणना सुरु गरेर आज नै मत परिणाम सार्वजनिक गरिसक्ने बताइएको छ ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापतिका लागि पुनःनिर्वाचन भएको हो । पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।
सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए । काठमाडौँको राष्ट्रियसभा गृहमा मतदान जारी छ । सभापतिको आज मतगणना गरिने र अन्य पदाधिकारी सहित केन्द्रीय सदस्यको बिहीबारबाट मात्र मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया