सभापति देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
मेरोन्यूज
२०७८ मंसिर २८ गते २०:५७

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् ।
नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग नगरेको बताएका हुन् । “निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, नेता सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेता सिंहले प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने प्रतिबद्धताअनुसार आफूले सभापतिमा देउवालाई समर्थन गरेको बताए । उनले अन्य खाले अनर्गल भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया