बुधबार, फागुन २७, २०८२

धनराज गुरुङ भन्छन्– शेखरले मत कम पाए तर बिचारले जिते

मेरोन्यूज २०७८ मंसिर २९ गते १६:४२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले आफुहरुले १४ आंै महाधिवेशनमा नहारेको बताएका छन् ।

उनले भने– ‘शेखर कोइरालाको नेतृत्वमा हामी पछाडी पछाडी छौ, अघि बढ्नुहोस्, शेखर दा, हामी तपाईको साथमा छौं, हामी फेल भएका छैनौ, ४० प्रतिशत ल्याएका छौं, हामी फेल भएका छैनौ, अभ्यासमा छौं ।’

बाबु राजनीतिमा नैतिकता हुनु हुनुपर्छ भन्थे तर छोराले परि आए नैतिकता पनि बेचिदिनुपर्छ भन्दै गुरुङले प्रकाशमान सिंहलाई व्यङ्ग्य गरे ।
‘शेखर कोइरालाले आज मत गन्दै गर्दा केही कम भएको छ तर हार्नुभएको छैन, बिचारले मतदाता जित्नुभएको छ ।’– उनले भने ।

सभापतिमा पराजित कोइरालाले पहिलो चरणमा १७०२ मत पाएका थिए । दोस्रो चरणमा १८५५ मत पाएका थिए । दोस्रो चरणमा उनले १५३ मत बढी ल्याएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया