उपसभापतिको मतगणना शुरु, नतिजा आजै राति आउने
मेरोन्यूज
२०७८ मंसिर २९ गते १७:५७

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गर्न लागिएको निर्वाचन समितिका गोपालकृष्ण घिमिरेले बताए । उनका अनुसार उपसभापतिको परिणाम रातिसम्म आउनेछ ।
कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् ।
जसमा शेरबहादुर देउवाको प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् ।
त्यस्तै महेश आचार्य पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया