माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन
मेरोन्यूज
२०७८ मंसिर २९ गते १९:१६

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन भएकी छन् ।
बुधबार बसेको प्रदेश समितिको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । केसीलाई अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको भने टुंगो लागेको छैन ।
वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरेको थियो ।
अध्यक्षमा चयन भएकी केसी कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन् । संविधानसभा सदस्यसमेत रहेकी केसीका श्रीमान बसन्त शर्मा पनि माओवादी केन्द्रमै छन् ।
सम्बन्धित

















आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया