कांग्रेस महामन्त्रीको मत गणना सुरु हुँदै, छ जनाबाट दुई जना चुनिदै

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु हुने भएको छ । निर्वाचन समितिका अनुसार महामन्त्री पदको मत गणना सुरु गर्ने तयारी भएको हो ।
महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । जसमा सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको विधानअनुसार पदाधिकारीमा दुई जना महामन्त्री हुने व्यवस्था रहेको छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गतको निर्वाचनबाट सभापति र उपसभापतिको टुंगो लागिसकेको छ ।
कांग्रेसले इतिहासमा पहिलोपटक निर्वाचन प्रणालीद्वारा उपसभापति चयन गरेको हो । अहिलेसम्म सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

















आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया