कांग्रेस महाधिवेशन
प्यानलको सूचीमा गडबड भएपछि संस्थापन र सिटौलाबीच मनमुटाव
महामन्त्रीमा पौडेल र सहमहामन्त्रीमा यादव सहित १५ जनाको नाम काटेर गलत सूची

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहकार्य गरेका प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा समूह र नेता कृष्णप्रसाद सिटौलाबीच मत परिणाम सार्वजनिक नहुँदै मनमुटाव देखिएको छ । महाधिवेशनमा मत हाल्ने बेलामा आफ्नो समूहले बाँडेको सूचीमा तलमाथि भएपछि मनमुटाव देखिएको छ ।
पदाधिकारीमा महामन्त्री र सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरुमा सूची परिवर्तन गरेर बाँडेको भेटिएपछि सिटौलाले असन्तुष्टि जनाएका हुन् । तर त्यो सूचीमा संस्थापनका धेरै नेताका नाम पनि केन्द्रीय सदस्यको सूचीबाट काटिएको छ ।
गलत सूचीमा १५ जनाको नाम फेरबदल गरिएको छ । प्रदीप पौडेलको नाम काटेर गगन थापाको नाम राखिएको छ । डा. प्रकाशशरण महतको नाम यथावत छ । त्यस्तै मधेसी कोटाको सहमहामन्त्रीमा महेन्द्र यादवको नाम काटेर रामकृष्ण यादवको नाम राखिएको छ । खुल्लातर्फ ३५ केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी, बलबहादुर केसी, केदार कार्की, दीपक गिरी, दीलेन्द्रप्रसाद बडू र राजेन्द्र बजगाईको नाम थपिएको छ । त्यस्तै खुल्ला महिला केन्द्रीय सदस्य नौ सिटमा सरिता प्रसाई र रुक्मणीदेवी कोइरालाको नाम थपिएको छ ।
प्रदेश एकको खुल्ला केन्द्रीय सदस्यमा राजीव कोइरालाको नाम थपिएको छ । कर्णाली प्रदेशको खुल्लो केन्द्रीय सदस्यमा हृदयराम थानीको नाम थपिएको छ । सुदूरपश्चिम प्रदेशको खुल्ला केन्द्रीय सदस्यमा हृदयराम थानीको नाम थपिएको छ । आदिवासी जनजातीतर्फको खुल्ला केन्द्रीय सदस्यमा नरेन्द्रकुमार केरुङको नाम थपिएको छ । त्यस्तै खसआर्य तर्फको महिला केन्द्रीय सदस्यमा गोमा केसीको नाम थपिएको छ ।
यो नाम थप्नेमा एकले अर्कालाई आरोप लगाइरहेका छन् ।
सिटौलाले महामन्त्रीको उम्मेदवारको नाम काटेर अर्कोको नाम थपेको भन्दै असन्तुष्टि जनाएका छन् भने संस्थापनले केन्द्रीय सदस्यमा छानीछानी संस्थापनका नेताहरुको नाम काटेर आफूसँग स्वार्थ मिल्ने नेताहरुको नाम सिटौला समूहले राखेको आरोप लगाएको छ ।
थपिनेमा नेता बलबहादुर केसी र उनकी बहिनी गोमा केसी परेका छन् । महामन्त्रीमा पौडेको नाम काटेर थापाको राखिएकाले सिटौला समूहभित्रको थापा पक्षधर समूहले त्यस्तो गरेको हुन सक्ने आरोप संस्थापनले लगाएको छ ।
तय भएको प्यानल यस्तो थियो

















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया