कांग्रेस महामन्त्रीको मतगणना शुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको महामन्त्री पदका लागि भएको मतदानको मतगणना शुरु भएको छ । सभापति र उपसभापतिको मतगणना सकेर निर्वाचन समितिले महामन्त्री पदका लागि भएको मतदानको मतगणना शुरु गरेको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केही वेर अगाडी वाट मात्रै महामन्त्रीको मतगणना शुरु भएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा दुई महामन्त्री पदका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । सभापतिमा शेरवहादुर देउवाले शेखर कोइरालालाई पराजित गदै चुनाव जितिसकेका छन् । उपसभापतिमा पूर्णवहादुर खडका र धनराज गुरुङले जित निकालेका छन् । अव महामन्त्रीको मतगणना शुरु भएको हो । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की चुनावी प्रतिस्पर्धामा छन् ।

महामन्त्रीको चुनावी मतपरिणामपछि सहमहमन्त्रकिो मतगणना गर्ने तयारी निर्वाचन समितिले गरेको छ । त्यसपछि मात्र केन्द्रीय सदस्यको मतगणना हुनेछ । कांग्रेसको पूरै कार्यसमितिको मतगणनाको नतिजा आउन कम्तीमा १० दिन लाग्ने वताईएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया