कांग्रेस महामन्त्रीको मतगणना शुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको महामन्त्री पदका लागि भएको मतदानको मतगणना शुरु भएको छ । सभापति र उपसभापतिको मतगणना सकेर निर्वाचन समितिले महामन्त्री पदका लागि भएको मतदानको मतगणना शुरु गरेको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केही वेर अगाडी वाट मात्रै महामन्त्रीको मतगणना शुरु भएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा दुई महामन्त्री पदका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । सभापतिमा शेरवहादुर देउवाले शेखर कोइरालालाई पराजित गदै चुनाव जितिसकेका छन् । उपसभापतिमा पूर्णवहादुर खडका र धनराज गुरुङले जित निकालेका छन् । अव महामन्त्रीको मतगणना शुरु भएको हो । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की चुनावी प्रतिस्पर्धामा छन् ।

महामन्त्रीको चुनावी मतपरिणामपछि सहमहमन्त्रकिो मतगणना गर्ने तयारी निर्वाचन समितिले गरेको छ । त्यसपछि मात्र केन्द्रीय सदस्यको मतगणना हुनेछ । कांग्रेसको पूरै कार्यसमितिको मतगणनाको नतिजा आउन कम्तीमा १० दिन लाग्ने वताईएको छ ।










TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया