नवनिर्वाचित कांग्रेस उपसभापति गुरुङ किन पुगे पौडेल निवास ?
मेरोन्यूज
२०७८ पुष १ गते १४:०३

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन् । मत परिणाम सार्वजानिक भएर निर्वाचित भएपछि उनी पौडेल निवास पुगेका हुन् ।
भेटमा नेता पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका छन् । उनले आफू पनि पार्टीलाई एकताबद्ध बनाउएर आम चुनावमा विपक्षसँगको प्रतिस्पर्धामा अब्बल बनाउन लाग्ने बताए ।
उनले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको जानकारी गराए । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने बचन दिए ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
प्रतिक्रिया