चौथो राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौँ । आज चौथोँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । ‘राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रको शान राष्ट्रको स्वाभिमान’ भन्ने नाराका साथ झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सांस्कृति र्यालीसहित झण्डा दिवस मनाइएको हो ।

राष्ट्रिय पोशाक संरक्षणका अभियन्ता राजानन्द माण्डव्यको परिकल्पानमा वि.सं.२०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन सुरु गरिएको हो । विश्वव्यापी रुपमा अलग पहिचान बोकेको झण्डाको सम्मानका लागि दिवस मनाउन सुरु गरिएको उनको भनाइ छ । पछिल्लो समय झण्डाको बढ्दो दुरुपयोगको अन्त्य गरी राष्ट्रध्वजको अपमान रोक्नका लागि झण्डा दिवसले अहम भूमिका निर्वाह गरेको माण्डव्यले जानकारी दिए । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका माण्डव्यले झण्डाको महत्व र गरिमा बुझाउन यो अभियानले सहयोग गरेको बताए ।

राष्ट्रिय झण्डा दिवस काठमाडौंसहित हटौंडा, चितवन र बटुबलमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सन् १९६२ डिसेस्बर १६ तारिखका दिन अर्थात् वि।सं।२०१९ पुस १ गतेका दिन संयुक्त राष्ट्र संघमा नेपालको हालको राष्ट्रिय झन्डालाई अंगिकरण गरेको सुखद दिनको सम्झनामा २०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको उनको भनाइ छ ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया