कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
मेरोन्यूज
२०७८ पुष १ गते १५:२४

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भएको थियो । केन्द्रीय निर्वाचन समितिका अनुसार महामन्त्रीमा खसेको कुल ४ हजार ६ सय ८२ मतमा सबैभन्दा बढी थापाले ३ हजार २३ र शर्माले एक हजार ९ सय ८४ मत प्राप्त गरेर विजयी भएका हुन् ।
यस्तै महामन्त्रीका अन्य उम्मेदवारमा क्रमशः डा प्रकाशशरण महतले एक हजार ५ सय ५६ प्रदीप पौडेलले एक ३९३, डा मीनेन्द्र रिजालले ८०९, डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् । महामन्त्री उम्मेदवारको मतगणना बिहीबार बिहान १०ः२० बजेदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया