ए डिभिजन लिग : पाँचौ चरणका खेल भोलीदेखि

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा भोलीबाट पाँचौ चरणका खेल हुँदैछन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् । लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ ।
शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अंकका लागि खेल्दा आर्मीले एएफसी कपको छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अंकका लागि खेल्दैछ । सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जजनले आर्मीलाई रोक्दै तीन अंकका लागि खेल्ने बताए । यस्तै अन्य टोलीका प्रशिक्षकले पनि तीन अंकका लागि पाँचौ चरणका खेलमा प्रतिस्पर्धा गर्ने बताए ।
लिग अन्र्तगत दिनको दोस्रो खेलमा संकटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा चौथो चरणका खेल सकिँदा तेस्रो चरणमा अंक जोड्न असफल भएका टोलीले खाता खोलेका छन् । एन्फाले नवौं चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो । त्यसमध्ये मनाङले खेल्ने ३ खेल पोखरामा हुनेछन भने बाँकी सबै खेल दशरथ रंगशालामा हुँदैछन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया