‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा राजेश हमाल नियुक्त

काठमाडौँ । छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा नायक राजेश हमाल नियुक्त भएका छन् ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेलले र नायक हमालसँग सम्झौता गरे । हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचार–प्रसार गर्नेछन् । कार्यक्रममा मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताए । त्यस्तै, हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताए ।
आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी ‘साथी मार्ट’ ले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । ‘साथी मार्ट’ ले आफ्ना सबै मार्टमा यस आर्थिक बर्षमा तीनसय प्रतिशतसम्मको बिक्री बढाउने योजना रहेको बताएकोछ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ । ‘साथी मार्ट’ को यसै वर्ष दुई सय आउलेट खोल्ने तयारी भइरहेको पनि सिइओ पोखरेलले बताए । आफूहरुले काठमाडौंभन्दा बाहिरका स्थानलाई प्राथमिकतामा राखेको बताउँदै पोखरेलले रिटेल मार्केटलाई गाउँ गाउँसम्म पु¥याउने लक्ष्य बोकेको बताए ।










गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया