सबै धर्मको अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख
काठमाडौँ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रिष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताएका हुन् ।
“मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो”, उनले भने, “नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्ने छु ।”
प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले संघीयता, धर्म निरपेक्षता, समानुपातिकता र समावेशिता माओवादीको एजेण्डा भएकाले यसले सबै वर्गको अधिकार सुनिश्चितताका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताए ।
मुलुकका अल्पसंख्यक, सीमान्तकृत वर्ग, धर्म, जाति भाषाभाषीको नेतृत्व माओवादीले गर्दै आएको जनाउँदै उनले इसाई धर्मावलम्बीहरूको समस्या समाधानमा निरन्तर प्रयास गर्ने बताए । जनजागरण पार्टीका केन्द्रीय अध्यक्ष डा. बिपी खनाल फौजादारी संहिताको परिच्छेद–९ को दफा १५८ ले हामी सबैलाई अपराधी बनाएको टिप्पणी गरे । अध्यक्ष डा खनालका अनुसार सत्ताको वरिपरि बसेकालाई परिवर्तन भएजस्तो लागे पनि नागरिक तहमा त्यसो हुनसकेको छैन ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया