बिहीबार, पुष १०, २०८२

एमालेले आज पत्रकार सम्मेलन गर्दै

मेरोन्यूज २०७८ पुष २ गते ८:५२

काठमाडौँ । नेकपा एमालेले आज शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी महासचिव शंखर पोखरेलका अनुसार आज पत्रकार सम्मेलन गर्ने भएको हो ।

मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो करिब १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।

चितवनमा १०–१४ मंसिरमा भएको दसौँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो । बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्य विभाजन गरेको छ ।

प्रतिक्रिया