मंगलबार, वैशाख १६, २०८२

एमालेमा रघुवीर महासेठको मर्यादाक्रम घट्यो

अव गोकर्ण र योगेशको पछि मात्रै

मेरोन्यूज २०७८ पुष २ गते ९:१२

काठमाडौं । नेकपा (एमाले)का सचिवहरुको मर्यादाक्रम फेरि तलमाथी भएको छ । पार्टीको केन्द्रीय कमिटि बैठकमा उपमहासचिव विष्णु रिमालले प्रस्ताव गरेको नेताहरुको वरियताक्रम तोक्ने प्रस्ताव मंसिर २६ गतेको बैठकले सर्वसम्मत पारित गरेको थियो ।

उक्त प्रस्तावमा ७ सचिव मध्ये सचिव रघुवीर महासेठको बरियताक्रम सचिवमा तेस्रो नम्वरमा तोकिएको थियो । पहिलो र दोस्रो सचिवमा माओवादी छोडेर एमाले भएका टोपवहादुर रायमाझी र लेखराज भटटको नाम उल्लेख थियो । त्यसलगत्तै रघुवीर महासेठको नाम तेस्रो सचिवका रुपमा उल्लेख थियो ।

तर वैठकको निर्णय पछि पुस १ मा अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेर पठाएको अन्तर पार्टी निर्देशिका (अपानी)मा भने रघुवीरको वरियताक्रम घटेको छ । उनलाई सचिवको तेस्रो नम्वरमा राख्दा नै अन्य सचिवहरुले आपत्ति जनाएका थिए । अघिल्लो महाधिवेशनमा पनि निर्वाचित सचिव नै रहेका गोकर्ण विष्ट र योगेश भटटराईले महासेठलाई तेस्रो सचिवका रुपमा ल्याईएकोमा असन्तुष्टि पोखेका थिए ।

त्यसपछि महासेठका वरियता घटेको हो ।

अव तेस्रो नम्वरको सचिवका रुपमा गोकर्ण विष्ट र चौथोमा योगेश भटटराई हुनेछन् । त्यसपछि मात्र रघुवीर महासेठको वरियता तोकिएको छ । महासेठपछि छविलला विश्वकर्मा छैटौं र पद्मा अर्याल सातौं नम्वरको सचिवका रुपमा मर्यादा तोकिएको छ ।

यस अगाडी पदाधिकारीको १५ औं नम्वरमा रघुवीरको वरियता तोकिएको थियो । अव उनको गोकर्ण विष्ट र योगेश भटटराईको पछि १७ औं नम्वरमा वरियता तोकिएको छ ।

एमाले केन्द्रीय कमिटि बैठकले पदाधिकारी सम्मको मात्र वरियता निर्धारण गरेको छ । अन्य नेताहरुको वरियता तोक्ने जिम्मा पनि अध्यक्ष ओलीलाई नै दिईएको छ ।

रघुवीरलाई यस अगाडी नेकपा कालमा पनि कुनै पदाधिकारी र स्थायी कमिटिमै समेत नरहेको नेतालाई स्थायी कमिटिमा लगेको भन्दै नेताहरुले आपत्ति जनाएको थिए ।

पहिला यस्तो थियो


टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल

अपानीमा अव यसो भनेर आयो

प्रतिक्रिया