एमालेमा दुर्गा प्रसाईंले पाए आपूर्ति विभागको उपप्रमुखको जिम्मेवारी
मेरोन्यूज
२०७८ पुष २ गते ९:१३

काठमाडौँ । नेकपा एमालेका नेताहरूको कार्य विभाजन भएको छ । गत २५ र २६ गते बसेको पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकले नेताहरूको कार्य विभाजन गरेको हो ।
बैठकमा उपमहासचिव विष्णु रिमालले ३०१ जना पदाधिकारीसहितका केन्द्रीय सदस्यहरूको कार्य विभाजनको प्रस्ताव पेश गरेका थिए । उनले पेश गरेको कार्य विभाजनअनुसार दुर्गा प्रसाईंले उद्योग बाणिज्य तथा आपूर्ति विभागको उपप्रमुख जिम्मेवारी पाएका छन् । उपमहासचिव रिमालले मनोनित सदस्यहरूलाई समेत कार्य विभाजन गरेका थिए ।
गत मंसिर १०–१४ गतेसम्म चिवतनमा भएको एमालेको दसौँ महाधिवेशनमा दुर्गा प्रसाईंले कुनै जिम्मेवारी पाएका थिएनन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गर्दा उनको नाम समावेश गरेका थिएनन् ।
लगत्तै उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया