बिहीबार, पुष १०, २०८२

एमालेमा दुर्गा प्रसाईंले पाए आपूर्ति विभागको उपप्रमुखको जिम्मेवारी

मेरोन्यूज २०७८ पुष २ गते ९:१३

काठमाडौँ । नेकपा एमालेका नेताहरूको कार्य विभाजन भएको छ । गत २५ र २६ गते बसेको पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकले नेताहरूको कार्य विभाजन गरेको हो ।

बैठकमा उपमहासचिव विष्णु रिमालले ३०१ जना पदाधिकारीसहितका केन्द्रीय सदस्यहरूको कार्य विभाजनको प्रस्ताव पेश गरेका थिए । उनले पेश गरेको कार्य विभाजनअनुसार दुर्गा प्रसाईंले उद्योग बाणिज्य तथा आपूर्ति विभागको उपप्रमुख जिम्मेवारी पाएका छन् । उपमहासचिव रिमालले मनोनित सदस्यहरूलाई समेत कार्य विभाजन गरेका थिए ।

गत मंसिर १०–१४ गतेसम्म चिवतनमा भएको एमालेको दसौँ महाधिवेशनमा दुर्गा प्रसाईंले कुनै जिम्मेवारी पाएका थिएनन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गर्दा उनको नाम समावेश गरेका थिएनन् ।

लगत्तै उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।

प्रतिक्रिया