बिहीबार, पुष १०, २०८२

कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मत गणना आज

मेरोन्यूज २०७८ पुष २ गते ९:३५

काठमाडौँ । नेपाली कांग्रेसको बाँकी भएका सहमहामन्त्री पदको मत गणना सुरु हुने भएको छ । तीन सहमहामन्त्री पदको नतिजा बिहीबारै सार्वजनिक भइसकेको छ ।

कांग्रेसमा आठ सहमहामन्त्री हुने व्यवस्था रहेको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम सार्वजनिक भइसकेको हो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भिष्मराज आङदम्बे निर्वाचित भइसकेका हुन् ।

बाँकी सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र क्लष्टरको नतिजा आउन बाँकी रहेको छ ।

प्रतिक्रिया