विमानस्थललाई सुरक्षित बनाउछौँ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र सुदृढ तुल्याउन सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताएका छन् ।
वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को २१औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री आलेले हवाई क्षेत्रमा रहेका समस्या समाधान गर्दै सुरक्षित उडानको सुनिश्चितताका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने समेत बताए । पर्यटनमन्त्री आलेले विमानस्थललाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साता १० दिनभित्रै क्यालिब्रेसन फ्लाइट गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गरिने जानकारी दिए । अर्को निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बढीमा आठ महिनाभित्र क्यालिब्रेसन उडान गरिने बताए ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हवाई सुरक्षालाई प्रभावकारी बनाउन नियामक र सेवा प्रदायकबीच समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । उनले हवाई उडानका अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी पालना गर्दै हवाई सेवालाई विश्वसनीय जनमुखी बनाउन आग्रह गर्दै त्यसका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए ।
प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले हवाई सुरक्षा अभिवृद्धिका लागि प्राधिकरण लागिपरेको बताए ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया