विद्युत खपत बढाउन मन्त्री भुसालको माग
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन् । उनले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन् ।
शनिबार काठमाडौँको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गरेकी हुन् । उनले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजान सरकार लागि परेको बताइन् ।
उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दरसमेत घटाएको बताइन् । मन्त्री भुसालले भनिन्, ‘आफ्नै देशको जलस्रोत हो, यसबाट उत्पादित भएको विजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँद छु ।’
मन्त्री भुसालले सरकारले विद्युत बिक्रीका लागि भारतसँग सम्झौता गरिसकेको पनि स्मरण गराइन् । त्यस अवसरमा उनले सामूदायिक अस्पतालले समूदायको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै ती अस्पतालमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
मन्त्री भुसालले हरेक स्थानीय सरकारले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको र त्यसको कार्यान्वयन भइरहेको बताइन् ।

















राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आयुक्त भण्डारीको आग्रह
इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया