शनिबार, पुष २६, २०८२

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

मेरोन्यूज २०७८ पुष ३ गते १६:४७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ४२८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया