कांग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना, कसको मत कति ?
मेरोन्यूज
२०७८ पुष ३ गते २०:५३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि मतगणना सुरु भएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना १५ ठाउँमा भइरहेको छ ।
खुल्लातर्फ ३५ जना केन्द्रीय सदस्यको मतगणना भइरहेको हो । कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म १५८९ मतगणना भएको छ । जसमा शशांक कोइरालाले १३१३ मत प्राप्त गरी शिर्ष स्थानमा रहेका छन् ।
यस्तै १०२२ सहित एनपी साउद दोस्रो र रमेश लेखक ९६९ मतसहित तेस्रो स्थानमा छन् । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।


सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया