कैलाली युवक हत्या प्रकरण : घटनासंग सम्बन्धीत अडियो बाहिरियो

कैलाली । कैलालीमा एक युवकको विभत्स हत्या भएको घटनासंग सम्बन्धित अडियो बाहिरएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको सोही ठाउँको अमरावती सामुदायिक वनमा घाँटी रेटेर विभत्स हत्या भएको विषयमा भएको कुराकानी सार्वजनिक भएको हो ।
सार्वजनिक भएको अडियोमा घटनामा संलग्न व्यक्ति र अर्का एक व्यक्तिबीच घटनाका बारेमा कुराकानी भएको छ । अडियोमा बोल्ने व्यक्तिले आफ्नो नाम मनोज उल्लेख गरेका छन् । उनले आफूसहितका साथीहरु भारतको ब्यङलोर जानका भारतको रुपडिया पुगिसकेको बताएका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका बेला अडियो बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले परिवारलाई अडियो पठाउने व्यक्तिले नै अरुलाई पनि दिएको हुनसक्ने बताए । ‘हामीलाई मृतकको परिवारले अडियो उपलब्ध गराएको हो,’ उनले भने, ‘जसले परिवारलाई अडियो दियो उसैले अरुलाई पनि दिएको हुनसक्छ ।’ अमरावती वनमा घाँटी रेटर टाउको अलग पारिएको अवस्थामा शनिबार बेलुका युवकको शव फेला परेको हो ।
घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक जोशीले बताए । उनले अहिले घटनास्थलमा शव उठाउने लगायतको प्रक्रिया भइरहेको बताए । उनका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थलको अवस्था हेर्दा उनलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।













बाँकेमा पहिलोपटक आमाको नामबाट वंशजको नागरिकता
बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा विधायन समितिले सुरक्षा निकायसँग छलफल गर्ने
कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
US ambassador pays farewell call to President Paudel
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया