बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानी

वीरगञ्ज । नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ ।
भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महशुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्तानी प्रणालीको परीक्षण गरिनेछ । त्यसपछि अब सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिने कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
यस प्रणाली प्रयोग गरी प्रयोगकर्ताले आफूलाई उपयुक्त कुनै भुक्तानीका उपकरणमा आबद्ध भई आफ्नो बैंक खाताबाट सिधैँ विद्युतीय रुपमा भन्सार कार्यालयमा रहेको बैंकस्थित भन्सार कोष खातामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्वीचको सञ्चालककर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी सो प्रणालीको विकास गरिएको हो ।
प्रयोगकर्ताले भन्सारमा प्रज्ञापनपत्र राजस्व भुक्तानीका लागि तयार अवस्थामा पुगेपछि भुक्तानी प्रणालीमार्फत प्रज्ञापन–पत्रको साधारण विवरणहरु (भन्सार कार्यालय कोड, वर्ष, प्रज्ञापनपत्र संकेत र प्रज्ञापनपत्र नं) प्रविष्ट गरी भुक्तानी हुनु पर्ने रकमको विवरण हेरी, यकिन गरी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
यसको प्रयोगबाट व्यवसायीले तथा भन्सार एजेन्टले राजस्व दाखिलाको लागि नगद बोक्नुपर्ने, चेक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था धाउनुपर्ने लगायतका समस्याबाट मुक्त हुनेछ । यो प्रणालीबाट इन्टरनेट सेवा पहुँच भएका कुनै पनि स्थानबाट सहजै राजस्व भुक्तानी गर्न सक्नेछन् । भन्सार विभागले आगामी माघ महिनाभित्रै सबै भन्सार कार्यालयमा यो प्रणाली कार्यान्वयन गर्ने गरी कार्य अघि बढाइएको बताइएको छ ।











क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया